सरोकारवाला भन्छन् - 'नेपालको निर्वाचन प्रणाली महंगो भयो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरोकारवाला भन्छन् – ‘नेपालको निर्वाचन प्रणाली महंगो भयो’

nirwachan pratibedan

काठमाडौं, ३० कात्तिक । नेपालको निर्वाचन प्रणाली महङगो हुँदै गएको सरोकारवालाहरुले निष्कर्ष निकालेका छन । गत बर्ष सम्पन्न संघीय प्रदेश र स्थानीय तहको निर्वाचन पर्यवेक्षणको संयुक्त प्रदिबेदन सार्वजनिकीकरण कार्यक्रमका सहभागीहरुले तिनै तहको निर्वाचनमा राजनितिक दल र यम्मेदवारहरुले चाहिने भन्दा धेरै खर्च गरेकाले निर्वाचन प्रणाली महङगो भएको बताएका हुन ।

शुक्रवार ललितपुरमा आयोजित कार्यक्रममा राज्य व्यवस्या तथा सुशासन समितीकी सभापति शशि श्रेष्ठले राजनितीकदलहरुले मतदातालाइ आर्कषण गर्नका लागी फजुल खर्च गर्ने थालेकाले निर्वाचनमा त्याग, निष्ठा, र बलिदानको राजनीती बिस्तारै हराउदै गएको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख निर्वाचनआयुक्त डाक्टर अयोधी प्रसाद यादवले तिनै तहको निर्वाचनको समय सिमा कम भएकाले निर्वाचनमा केही त्रुटी भएको बताए । उनले सरकारले निर्वाचनको समय र मिती कानुनमा नै उल्लेख गर्नुपर्नेमा जोडदिए ।

कार्यक्रममा अन्य सहभागीहरुले निर्वाचनमा मतदाता शिक्षामा कमी भएकाले धेरै मत बदर भएको बताए । उनीहरुले निर्वाचन आउनुभन्दा केही समय पहिले देखि नै मतदाता शिक्षा गाउँ गाउँमा पु¥याउनु पर्नेमा पनि सरकारको ध्यान आर्कषण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);