खाद्य वस्तुमा मिसावट गर्नेमाथि कडा कारवाही गर्नेः आपूर्ति मन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौँ, १७ भदौ । आपूर्ति मन्त्री शिवकुमार मण्डलले खाद्य वस्तुमा मिसावट गर्नेमाथि कडा कारवाही गर्ने चेतावनी दिएकाछन् ।

 

शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री मण्डलले चाडपर्वको बेलामा खाद्य वस्तुमा मिसावट गर्ने तथा कालोबजारी गर्नेमाथि कडा कारवाही गर्ने चेतावनी दिए । दशैं, तिहार छठ पर्वको बेला पारेर बजारमा कृतिम अभाव सृजना गर्ने जस्ता कामहरु हुन नदिन सरकार सचेत रहेको उनको भनाइ थियो ।

 

फरक प्रसंगमा उनले आयल निगमको जग्गा खरिदमा अनियमितता भएको पाइए दोषीमाथि कारवाही गरिने बताए । जग्गा खरिद प्रकरणका विषयमा अनियमितता भए÷नभएको विषयमा सरकार, संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी, अनुगमन र अनुसन्धानको कामलाई अघि बढाएको उनले जानकारी दिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);