प्लाष्टिकको टयांकरमा दुध बोक्नेमाथि कडा कार्वाही गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्लाष्टिकको टयांकरमा दुध बोक्नेमाथि कडा कार्वाही गर्ने सरकारको तयारी

काठमाडौं, २१ माघ । सरकारले प्लाष्टिकको टयांकरमा दुध खरिद बिक्री गर्नेमाथि कडा कार्वाही गर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्लाष्टिकको टयांकरमा दुध खरिद बिक्री गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको हो ।

सोमबार भक्तपुरको जगातीमा दुधको टयांकरको अनुगमन गरेको विभागले त्यहाँ पनि प्लाष्टिकको टयांकर प्रयोग गरि दुध आयात गरिएको पाइएपछि उनीहरुलाई पनि आईन्दा त्यसो नगर्न सचेत गराएको छ ।

विभागको निर्देशिका विपरित प्लाष्टिकको टयांकरमा दुध ल्याएको पाइएपछि त्यस्तो काम गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिइएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए ।

विभागले मानव स्वास्थ्य प्रतिकूल हुने भएकाले प्लाष्टिकको टयांकरमा दुध बोक्न नहुने निर्देशिका जारी गरेको छ । तर जगाती चेकपोष्टमा सोमबार गरिएको अनुगमनमा दुध प्लाष्टिकको टयांकरमा पनि ल्याइएको पाइएपछि विभागले कडा कार्वाही गर्ने चेतावनी दिएको हो । सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत मोवाईल भ्यान प्रयोग गरी खाद्य बस्तुहरुको अनुगमनको कामलाई तीव्रता दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);