नेकपाको कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउन सचिवालयकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपाको कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउन सचिवालयकाे निर्देशन

nekapa

काठमाडौं, २१ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीको एकीकरणसम्बन्धि सुझाव दिन गठित कार्यदललाई मंगलबार (भोली) आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

सचिवालयको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको एकीकरणसम्बन्धि सुझाव दिन गठित कार्य दलको कार्य प्रगति विवरणसहितको प्रतिवेदन मंगलबार सचिवालयमा बुझाउन निर्देशन दिएको हो ।

पुस १२ गते सम्पन्न पार्टी स्थायी समितिको बैठकले पार्टीको एकीकरण सम्बन्धि थाँतिरहेका काम पूरा हुने गरी सुझावसहितको प्रतिवेदन बुझाउन पार्टीका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको नौं सदस्यीय कार्य दल गठन गरेको थियो । सोही कार्य दललाई आफ्नो प्रतिवेदन मंगलबारसम्म बुझाउन निर्देशन दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले सो प्रतिवेदनले दिएको सुझावको आधारमा पार्टीको सांगठानिक एकीकरणसम्बन्धि आवश्यक निर्णय सचिवालय बैठकले गर्ने निर्णय गरेको छ । सचिवालय बैठकले गर्ने सो सम्बन्धि निर्णय पार्टी स्थायी समिति बैठकले अनुमोदन गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

सचिवालय बैठकले पार्टी स्थायी समिति बैठकले दिएको निर्देशन तथा पार्टीको आवश्यक्ता अनुसार पार्टीको राजनीतिक प्रतिवेदन तत्काल प्रकाशित गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता श्रेष्ठले पार्टी स्थायी समिति बैठकले दिएको सुझावलाई समेत समेटेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई पनि छिट्टै अन्तिम रुप दिने निर्णय गरिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);