समितिले आजबाट थाल्ने निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन  | ईमाउण्टेन समाचार

Our Network

मंसिर २५ २०८०, सोमबार

समितिले आजबाट थाल्ने निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन 

काठमाडौं। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले मंगलबारबाट काम थाल्ने भएको छ ।

संसदले गठन गरेको संसदीय विशेष समितिले मंगलबारबाट काम सुरु गर्न लागेको हो । काम सुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको मंगलबार औपचारिक बैठक बसेर आफ्नो जिम्मेवारी पूरा गर्न थालेको हो ।

मंगलबार बस्ने बैठकले कार्यविधि तय गर्नेसहितका काम गर्ने तयारी गरेको छ ।

Leave a Reply