नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगियो, आजै देउवालाई प्रतिवेदन बुझाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगियो, आजै देउवालाई प्रतिवेदन बुझाउने तयारी

काठमाडाैं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगिएको छ ।

गत साउन ३० मा बसेको केन्द्रीय कार्यसमिति निर्णय अनुसार कार्यदलले सदस्यता वितरण र नविकरणमा देखिँदै आएको विवाद टुंग्याएको हो ।

क्रियाशील सदस्यताको विषय कार्यदलले टुंगो लगाएको र आज नै प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउन लागिएको बताइएको छ ।

केन्द्रीय समिति बैठकले रमेश लेखक संयोजकत्वको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन पारित गरेको हो ।

प्रतिवेदन पारित भएसँगै प्रतिवेदनमा निर्णय गर्न बाँकी रहेका विषय टुंगो लगाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र लेखकलाई जिम्मा लगाएको थियो ।

कार्यदललाई भदौ २ भित्र विवाद टुंग्याएर भदौ ३ भित्र सभापति देउवालाई लाई बुझाउने समयसीमा दिएपनि तीन दिन ढिला गरी सभापति देउवालाई प्रतिवेदन बुझाउन लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);