कांग्रेसले टुंग्यायो क्रियाशील सदस्य विवाद , रौतहटको नामावली सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेसले टुंग्यायो क्रियाशील सदस्य विवाद , रौतहटको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता टुंगो लागेको बताए । २७-२९ मंसिरमा तोकिएको कांग्रेस महाधिवेशनको तयारीअन्तर्गत रौतहटमा क्रियाशील सदस्यतामा विवाद देखिएको थियो । तर त्यसलाई समाधान गरेर आज नामावली सार्वजनिक गरिएको सूचना अधिकारी अधिवक्ता केशव रिजालले जानकारी दिए । यता कांग्रेस रौतहटका केही नेता कार्यकर्ता भने क्रियाशीलता सदस्यतामाथि प्रश्न उठाउँदै केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);