नेता वामदेव गौतम एमालेमै | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

नेता वामदेव गौतम एमालेमै

काठमाडाैं । नेकपा एमाले नेता वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले प्रस्ट्याएको छ । एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको भन्दै प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएको छ ।

पत्रपत्रिका तथा सामाजिक सञ्जालमा बामदेव गौतमको नाम जोडेर नव गठित नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटो सहितको ब्यानर प्रकाशित भएकोमा ध्यानाकर्षण भएको बताइएको छ ।

स्वकीय सचिव दीपक टमाटाले वामदेव गौतम अहिले सम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैली प्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक रहेको बताएका छन् । बजारमा भइरहेको प्रचारप्रसारमा कुनै सत्यता नरहेको पनि उनले प्रस्ट्याएका छन ।

गत साता मात्रै गौतमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने जनाएका थिए । यस अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपनि गौतम केही बैठकमा उपश्थिती भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);