वामदेवलाई प्रतिनिधि सभामा भित्र्याउने तयारीले नेकपामा खैलाबैला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

वामदेवलाई प्रतिनिधि सभामा भित्र्याउने तयारीले नेकपामा खैलाबैला

bamdev gautam

काठमाडौं, २५ असोज । नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम उपचुनावमार्फत प्रतिनिधिसभा छिर्ने तयारी गरेपछि नेकपामा खैलाबैला मच्चिएको छ । गत सोमबार नै काठमाडौं–७ का सांसद रामवीर मानन्धरले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई राजीनामा दिन तयार रहेको पत्र बुझाएपछि त्यसले नयाँ बहस सुरु गरेको छ ।

वामदेव गौतमलाई काठमाडौं–७ मा चुनाव लडाउने निर्णयका लागि बस्न खोजेको नेकपाको सचिवालय बैठक दुईपटक स्थगित भएर अनिश्चित भएको छ । पहिलोपटक एउटा किताव विमोचनका लागि स्थगित गरिएको बैठक बुधबार बिना कारण अनिश्चितकालका लागि स्थगित भएको हो ।

सचिवालय नैं अनिश्चित भएकावेला नेकपाका नेताहरुले भने स्थायी कमिटिबाट मात्र निर्णय गर्न माग गर्दै सचिवालयले एकलौंटी निर्णय गरे त्यसले दुरगामी असर पार्ने चेतावनी दिएका छन् ।

वामदेव गौतमलाई नजिकबाट चिनेका वरिष्ठ कम्युनिष्ट नेताहरु गौतम चरम महत्वकांक्षी नेता भएका कारण उपचुनाव हुन लागेको भन्दै त्यसो भए राजनीतिमा नयाँ तरंग आउने बताएका छन् ।

वर्तमान प्रधानमन्त्रीको विकल्पमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल प्रधानमन्त्रीको दाउमा रहेको बेला वामदेव पनि थपिन लागेको भन्दै त्यसले नेकपा एकताको स्थायित्वमा समेत प्रश्न उठन सक्ने उनीहरुको बुझाई छ।

संसदमा निर्वाचन कानुन बन्दै गर्दा उपचुनावले धेरै खर्च बढाउने र राज्य कोषमा क्षति पुग्ने भन्दै कानुनमा दुर्घटना भएमा मात्र उपचुनावको व्यवस्था गरिएको छ । त्यसवेला दुइ ठाउँबाट चुनाव लड्न हुँदैन भन्ने पक्षमा देखिएका एमाले नेता रावल अहिले पनि त्यही अडानमा देखिएका छन् ।

उनले त स्थायी कमिटिमा उपचुनावका औंचित्यका विषयमा बहस हुने भन्दै आफूले विना औचित्यको उपचुनावलाई समर्थन गर्न नसकिने बताए ।

देश वाममय भएका वेला गत वर्ष मंसिरको प्रतिनिधिसभा चुनावमा वामदेव गौतम वर्दिया–१बाट पराजित भएका थिए । नेकपा एक बनाउने वामदेव र नारायणकाजी श्रेष्ठलाई पार्टीभित्रैबाट हराइएको चर्चा भएपनि अहिले वामदेव चुनावी दौडमा छन् ।

विश्लेषकहरुले चुनावी चर्चालाई वामदेवको कद घटाउने खेल बनाउने वा चुनाव भए त्यसले दुर्घटनासम्म पु¥याउन सक्ने टिप्पणी गर्छन् । नेकपा भित्र नेताहरुबीच शक्ति संघर्षले राज्य कोषको दुरुपयोग हुन नहुने तर्कले त झन अभियानलाई कमजोर पारिरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);