महासंघको कार्यालयमा विद्युतीय पुस्तकालय र स्रोत केन्द्र स्थापना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

महासंघको कार्यालयमा विद्युतीय पुस्तकालय र स्रोत केन्द्र स्थापना

काठमाडौं, २५ असोज । गैरआवासीय नेपाली संघको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा विद्युतीय पुस्तकालय र स्रोत केन्द्र स्थापना हुने भएको छ ।

बिहीबार पत्रकार महासंघ र गैरआवासीय नेपाली संघबीच पुस्तकालय तथा स्रोत केन्द्र स्थापना सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । करिब ३० लाख लागतमा बन्ने पुस्तकालयलाई नेपाल लाइब्रेरी फाउण्डेशनले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ।

हस्ताक्षर पछिको कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल पत्रकार महासंघसँग पुस्तकालयको माध्यमबाट सहकार्य गर्न पाउँदा गौरवको महसुस गरेको बताए ।

यस्तै कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पुस्तकालय तथा स्रोत केन्द्रले पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको बताए । पुस्तकालयको लागि पत्रकार महासंघले स्थान उपलब्ध गराएको छ भने आन्तरिक संरचना र प्राविधिक काम गैर आवाशीय नेपाली संघ र नेपाल लाइब्रेरी फाउण्डेशनले गर्ने छ ।

पुस्तकालय ३ महिना भित्र ल्याउन सक्नेगरी काम गरिने महासंघले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);