राजविराजको लेखनाथ आदर्श पुस्तकालय जिर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

राजविराजको लेखनाथ आदर्श पुस्तकालय जिर्ण

राजविराज, १३ असोज । पठन पाठनको संस्कृतिको विकास तथा शैक्षिक उन्नतीको उद्देश्य राखी ६० वर्षअघि राजविराज नगरपालिकामा स्थापित ‘लेखनाथ आदर्श पुस्तकालय’ नामको मात्र पुस्तकालय भएको छ । संरक्षण व्यवस्था नहुँदा राजविराजको लेखनाथ आदर्श पुस्तकालयको अस्तित्व संकटमा परेको हो । पुस्तकालयमा रहेका करिब ५ हजार पुुस्तक धमिरा लागेर काम नलाग्ने अवस्थामा पुगेका छन्।

२०७२ सालको विनाशकारी भुकम्पले भवनमा क्षति पर्याएपछि पुस्तकालय पूर्ण रुपमा बन्द भएको छ । तत्कालीन वडा हाकिम बद्रिविक्रम थापाको विशेष पहलमा २०१६ सालमा पुस्तकालयको स्थापना गरिएको थियो ।

अध्ययनप्रति युवापुस्ताको सोच वृद्धि गर्ने तथा पुराना पुस्तक र रचनाहरुको जगेर्ना गर्ने उद्देश्यले पुस्तकालयको स्थापना भएपनि हाल पुस्तकालय पूर्णरुपमा बन्द रहेको राजविराज नगरपालिकाका सूचना अधिकारी प्रफुल्ल श्रेष्ठले बताए ।

प्रविधिको विकास र इमेल इन्टरनेटको चलन सुरु भएपछि पुस्तकालयप्रतिको चाँसो घट्दै गएको उनको भनाई रहेको छ । जसो तसो चल्दै गरेको पुस्तकालय भूकम्पले भवन जिर्ण भएपछि सुरक्षाका दृष्टिकोणले बन्द गर्नुपरेका हो ।

भवनको अवस्थाका कारण नगरपालिकाले पुस्तकालय बन्द गरेपनि सोही भवनको माथिल्लो तलामा रहेका कोठा भने अहिलेपनि भाडामा लगाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);