प्रदेश २ का सबै जिल्लामा एकै समयमा वृक्षारोपन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रदेश २ का सबै जिल्लामा एकै समयमा वृक्षारोपन

जनकपुरधाम, १३ असाेज । वन जंगल क्षेत्रको बृद्धि तथा चुरे क्षेत्र संरक्षण गर्ने उद्देश्यले शुक्रबार देखि प्रदेश–२ का सवै जिल्लामा एकै समयमा वृक्षारोपण कार्यक्रम अभियान थालनी गरिएको छ ।

प्रदेश नम्बर–२ का आर्थिक ममिला तथा योजना विकास राज्य मन्त्री उषा यादवले वृक्षारोपण गरी अभियानको थालनी गरेकी हुन् । बृक्षारोपण सुरुङ्गा नगरपालिका–४ स्थित सेतीदेवी सामुदायिक वनमा एक हेक्टर जग्गामा धुपी, आवला, सल्ला, मसाला, तेजपात, खैयर लगायतका २ हजार विरुवा रोपेर अभियानको थालिने गरिएको छ ।

कार्यक्रममा प्रदेश २ का आर्थिक ममिला तथा योजना विकास राज्य मन्त्री उषा यादवले ८ बटै जिल्लामा एकै साथ हरित प्रदेश अभियान थालनी गरिएको बताए । उनले यो अभियानलाई सबै मिलेर सफल पार्न समेत आग्रह गरे ।

बृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालयले वन क्षेत्र आसपासका वासिन्दालाई विभिन्न जातका ६ हजार विरुवा समेत निःशुल्क वितरण गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);