प्रदेश २ का सबै जिल्लामा वृक्षारोपण अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्रदेश २ का सबै जिल्लामा वृक्षारोपण अभियान सुरु

brikshyaropan

जनकपुर, १३ असोज । वन जंगल क्षेत्रको बृद्धि तथा चुरे क्षेत्र संरक्षण गर्ने उद्देश्यले शुक्रबार देखि प्रदेश २ का सबै जिल्लामा एकै समयमा वृक्षारोपण कार्यक्रम अभियान थालनी गरिएको छ । प्रदेश नम्बर–२ का आर्थिक ममिला तथा योजना विकास राज्य मन्त्री उषा यादवले वृक्षारोपण गरी अभियानको थालनी गरेकी हुन् ।

बृक्षारोपण सुरुङ्गा नगरपालिका–४ स्थित सेतीदेवी सामुदायिक वनमा एक हेक्टर जग्गामा धुपी, अांवला, सल्ला, मसाला, तेजपात, खैयर लगायतका २ हजार विरुवा रोपिएर अभियानको थालिने गरिएको थियो ।

कार्यक्रममा प्रदेश नम्बर–२ का आर्थिक ममिला तथा योजना विकास राज्य मन्त्री उषा यादवले यादवले ८ बटै जिल्लामा एकै साथ हरित प्रदेश अभियान थालनी गरिएको बताईन् । उनले यो अभियानलाई सबै मिलेर सफल पार्न समेत आग्रह गरिन् ।

बृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालयले बन क्षेत्र आसपासका वासिन्दालाई विभिन्न जातका ६ हजार विरुवा समेत निःशुल्क वितरण गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);