छात्राहरु महिनावारी हुँदा विद्यालय नै जादैनन् ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

छात्राहरु महिनावारी हुँदा विद्यालय नै जादैनन् !

school-mahinawari

मदन वि.क.
बाजुरा, १३ असोज । अझै पनि बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका स्थित तोली देबल डाँडा उच्च माविमा अध्ययनरत छात्राहरु महिनावारी भएको बेलामा विद्यालय जाने गरेका छैनन् । विधालय परिसरमा भएको मन्दिरका कारण विद्यार्थीहरु महिनामा ५ देखि ६ दिनसम्म विद्यालयमा अनुपस्थित हुने गरेका हुन् ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर– ४ तोली देबल डाँडा माध्यमिक विद्यालयमा मष्टामाण्डु मन्दिर भएकाले छात्राहरु महिनावारी भएका वेलामा विधालय नजाने गरेका हुन् । विद्यालयमा छात्रामैत्री शौचालय नहुनु, छाउ भएको बेलामा सेनेटरी प्याडको व्यवस्था, विद्यालय परिसरभित्र देवीदेवताका मन्दिर बनाएर राख्नुजस्ता समस्याले गर्दा पनि पाँच दिनसम्मको पढाईलाई बाधा गर्दै घरमा बस्ने गरेको छात्राहरुले गुनासो छ ।

१ देखि १२ सम्म पठन–पाठन हुने गरेको यो विद्यालयमा करिब ८ सय देखि १ हजार सम्म विद्यार्थीहरु रहेका छन् । कहिले काँही छात्राहरु नआउँदा कक्षाकोठामा छात्रहरु मात्र उपस्थिती देखिने गरेको छ । महिनावारी भएको वेलामा पनि विद्यालयलाई विद्यालय आउने वातावरण बनाउन प्रशासनले कुनै पहल गरेको छैन ।

विद्यालय वरीपरि भिरालो जमिन, माथि ठुला रुखहरु डाँडामा हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र हावाहुरी आईरहने भएका कारण विद्यालयलाई विद्यार्थीमैत्री बातावरण बनाउन नसकिएको विद्यालयले जनाएको छ ।

जिल्लामा महिनावारी बारे यहाँका समाजका आ–आफ्नै अनेक बुझाई रहेको छ । अझै पनि कतिपय सामाजिक र धार्मिक मुल्य मान्यताका कारण कतिपय महिलाहरुलाई महिनावारी भएको बेला छुन नहुने प्रचलन रही आएको छ । जिल्लामा छाउपडी प्रथा न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न अभियान चलाएपनि त्यसको उपलब्धी भने खासै देखिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);