तुलसीपुर उमहानगरपालिकाले २ सय छात्राहरुलाई साइकल दिने तयारी | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८१, शुक्रबार

तुलसीपुर उमहानगरपालिकाले २ सय छात्राहरुलाई साइकल दिने तयारी

दाङ, २१ फागुन । दाङको तुलसीपुर उमहानगरपालिकाले २ सय छात्राहरुलाई साइकल दिन लागेको छ । यहि फागुन २४ गते १११ औंँ अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा उपमहानगरपालिका भित्र सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने छात्राहरुलाई साइकल दिन लागेको उपमहानगरपालिकाले जनाएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गरी उपमहानगरका मेयर घनश्यामा पाण्डेले महिलाको सशक्तिकरण, नेतृत्व र पहिचान भन्ने नाराका साथ दिवस मनाउन लागेको भन्दै महिलाको क्षेत्रमा काम गर्ने अगुवाहरुलाई उत्साहित, प्रोत्साहित गर्नको लागि सम्मान गर्ने र समुदायिक विद्यालयमा पढ्ने छात्राहरु जो विद्यालय जान आधा घण्टा बढि समय लाग्छ उनीहरुलाई २ सय वटा साइकल दिन लागेको उहाँले बताउनुभयो ।

कक्षा ८ देखि १० सम्म उपमहानगरमा ५ हजार छात्राहरु सामुदायिक स्कुल अध्ययन गर्ने भएता पनि ति मध्य २ हजार जनालाई विद्यालय जना आधा घण्टा भन्दा बढि लाग्ने भएकाले तिनीहरु मध्ये पनि निम्न परिवार २ सय जनालाई विभिन्न संघ संस्थाहरुसंग मिलेर पहिलो पटक वितरण गरिने उहाँले बताउनुभयो ।

त्यस्तै, उपमहानगरकी उप मेयर माया आचार्यले लामो समयदेखि महिला दिवस एउटै तरिकाले मनाउँदै आइरहेको अवस्थामा यस पटक नयाँ तरिकाबाट जान लागेको बताउनुभयो । उहाँले महिलाहरु कसरी अगाडी बढाउने ? छोरीहरुलाई कसरी स्मार्ट बनाउने उदेश्यले नै आफुहरु अगाडी बढेको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);