सामुदायिक विद्यालयका गरिब तथा बिपन्न छात्राहरूलाई नगरपालिकाको साइकल उपहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सामुदायिक विद्यालयका गरिब तथा बिपन्न छात्राहरूलाई नगरपालिकाको साइकल उपहार

उदयपुर । उदयपुरको बेलका नगरपालिकाले सामुदायिक विद्यालयका गरिब तथा बिपन्न छात्राहरूलाई साइकल वितरण गरेको छ । विद्यालय आउन सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले साइकल वितरण गरेको हो । बेलका नगरपालिका–१ को जनता माध्यामिक विद्यालयका ३० जना छात्राहरूलाई साइकल वितरण गरिएको हो ।

यसअघि सामुदायिक बिद्यालयमा अध्यायनरत् दुई सय ५५ जना छात्राहरूलाई साइकल वितरण गरिसकेको नगर प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए ।

विद्यालयलाई छात्रामैत्री र टाढाबाट आउने छात्रालाई विद्यालय आउन सहयोग पु¥याउने उद्देश्यसहित साइकल वितरण गरिएको नगर प्रमुख थापाले जानकारी दिए ।

शिक्षा प्रति महिलाको आकर्षण बढाउने र छत्राहरूलाई सुविधा तथा समयको सदुपयोग हुने उद्देश्यका साथ छात्रालाई साइकल वितरण गरिएको उनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);