गोदाममै थन्किए निःशुल्क सेनिटरी प्याड (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ २२ २०८३, शनिबार

गोदाममै थन्किए निःशुल्क सेनिटरी प्याड (भिडियोसहित)

काठमाडौं, २७ मंसिर । गत वर्ष सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने निर्णय गरेको थियो । तर ललितपुर महानगरपालिकाले भने वितरण गर्नुपर्ने सेनिटरी प्याडलाई एउटा भवनलाई थन्काउँदै सरकारी घोषणाको खिल्ली उडाएको छ ।

महिनावारी भएका बेला समेत छात्राहरुलाई पठनपाठनमा कठिनाई नहोस् भनेर सरकारले ७ सय ५३ वटै स्थानीय तहबाट प्याड वितरण गर्ने गरी बजेट समेत बिनियोजन गरिएको थियो । तर ललितपुर महानगरपालिकाले भने सेनिटरी प्याड वितरणको कामलाई पूर्णरुपमा उपेक्षा गरेको पाइएको छ । महानगरपालिकाले हाल ४ लाख सेनिटरी प्याड ललितपुरस्थित मदनस्मारक विद्यालयको भवनमा थन्काएर राखेको छ ।


Leave a Reply

ताजा समाचार