पार्टी बिधि बिधानबाट चल्नु पर्छ : नेता प्रभाकर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पार्टी बिधि बिधानबाट चल्नु पर्छ : नेता प्रभाकर

दाङ, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीको मुहान धमिल्याउने माछाको खोजी भइरहेको बताए । शनिबार तुलसीपुर उपमहानगपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले नागरिकको भावनालाई बेवास्ता गरे मुुुहान धमिल्याउने माछालाई बल्छी लगाउने समेत बताए ।

पूर्वमन्त्री समेत रहेका शर्माले पार्टी बिधि बिधानबाट चल्नु पर्ने बताए । उनले भने,‘ अहिले मुहान धुमलिएको छ । धेरै विकासका कुरा नगरौँ । अनावश्यक आश्वासन होला । मुहान धमिलो भएको बेला तल तल धाराहरुमा सफा पानी आउँला भन्न सकिदैन् । तर, यो मुहानलाई सफा गर्नको लागी पार्टीको विचार,विधी पद्धतिलाई स्विकार गर्नु पर्दछ । ’

पार्टीको विचार, विधी र पद्धतिलाई स्विकार गरे त्यो सफा हुने समेत उनको भनाइ थियो । अहिले नेकपा प्रति प्रश्न उठेको भन्दै उठेका प्रश्नको जवाफ दिनको लागी आफ्नो आचरण, ब्यवहार, संस्कार बदल्नु पर्ने आवश्यकता रहेको र अहिले जनताले त्यो कुरा खोजि रहेको समेत उनले बताए । तर पार्टीका शिर्ष नेताहरु त्यस्तो नहुदाँ अहिले पार्टीमा समस्या भएको उनको ठम्याइ छ ।

उनले भने,‘ पार्टीका शिर्ष नेताहरुले मात्र नभइ सबैले विधि, पद्धति मान्नु पर्छ भन्ने आजको आवश्यकता हो । हामीले नयाँ प्रणाली, नयाँ ब्यवस्थामा भएता पनि पुरानो आचरणबाट अगाडि बढ्न सक्दैनौँ ।’ त्यसैगरी नेपाललाई ७ बर्षमा जनताले यस्तो पनि हुदो रहेछ भन्ने बनाउने आफ्नो सपना,योजना र प्रतिवद्धता भएता पनि त्यो पुरा नभएको उनले बताए ।

मेरो सुझाब सरकार निर्माण भएदेखि सरकारले दिए तर, कतै लागु नभएको उनले गुनासो गरे । त्यसैगरी नेता शर्माले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त गराउने समूह लागि परेको समेत बताए । उनले राजाबादीहरुको प्रदर्शन प्रती लक्षित गर्दै सफल हुन नदिन सबै एकजुट हुनुपर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);