पार्टीको निर्देशन अनुसार सरकार चल्न सकेन : सापकोटा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पार्टीको निर्देशन अनुसार सरकार चल्न सकेन : सापकोटा

काठमाडाैं, २७ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि प्रसाद सापकोटाले पार्टीको निर्देशन अनुसार सरकार चल्न नसकेको भन्दै असन्तुष्ठी व्यक्त गरेका छन् । बुधबार रिपोर्टस क्लवको साक्षात्कारमा बोल्दै नेता सापकोटाले दलिय व्यवस्थामा दललाई सर्वोपरि भूमिकामा राख्नुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरे ।

उनले पार्टी एकतामा भएको ढिलाईप्रति पनि असन्तुष्ठी पोखे । उनले दलको सर्वोपरि भुमिका र एकिकरणको आवश्यकतामा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैको ध्यान पुग्न नसकेको टिप्पणी गरे ।

उनले भने “दलिय व्यवस्थामा दललाई सर्वोपरी भूमिकामा राख्नुपर्नेमा एकिकरण नै नटुंगिएपछि धेरै ठूलो नोक्सान भएको छ । स्थानीय तह संचालनमा, प्रदेश सरकार संचालनमा, केन्द्रीय तह नै संचालन गर्न धेरै गाह्रो परेको छ । किन भने पार्टीको निर्देशनमा सरकार चल्नु पर्ने हो । यसमा अध्यक्षहरुकोे ध्यान पुगेको छैन ।”

प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमिति संयोजक समेत रहेका नेता सापकोटाले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको १ सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउनै पर्ने भन्दै त्यससम्बन्धी आवश्यक निर्देशन गरिएको जानकारी दिए । उनले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनलाई बल पुग्ने गरि निर्देशन गरिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);