महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

cycle

मोरङ, १९ फागुन । मोरङकाे सुन्दरहरौचा नगरपालिका बडा ३ मा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । सुन्दरहरौचा नगरपालिका बडा ३ को सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकालाई २०७७र ०७८को बजेट बियोजन गरी साइकल वितरण गरेको हो ।

स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले उनीहरूलाई साइकल प्रदान गरिएको जनाइएको छ । स्वास्थ्य सेवाका लागि खटिएकी महिला स्वयंसेविकाहरूको पीडा कम गर्ने र नपालिकाका सर्वसाधारणले सहज र छिटो छरितो स्वास्थ्य सेवा पाउन सकुन भन्ने उद्देश्यले साइकल वितरण गरिएको नगरपालिका अध्यक्ष जीबन प्रसाद ढंगनाले बताए।

साइकल पाएपछि महिला स्वास्थ्य स्वयंसेविका पनि खुशी छन् । स्वास्थ्य स्वयंसेविका मिनु सुबाले अब स्वास्थ्य चौकी, गाउँ गाउँ र वडा कार्यालयसम्म पुग्न निकै सजिलो हुने बताउँदै खुशी व्यक्त गरिन् ।

साईकलमात्र बितरण नभइ बडा नं. ३ का सामुदार्यक बिद्यालयलाई निशुःल्क प्रथमिक स्वास्थ सामागी र बुधबारबाटै जेष्ठ नागरिक, एकल महिला, अति बिपन्न र गरिबीको रेखा मुनी परेको सुमुदार्यलाइ नि शुल्क ल्याव सेबा प्रदाग गरिएको सुदँरहरौचा स्बास्थ्य चाौकीका इन्चार्ज बाबुराम आचार्यले जानकारी दिए ।

स्थानीय तहले स्वयंसेविकालाई प्रोत्साहन गन यस्ता कार्यक्रम निरन्तर गर्न आवश्यक रहनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);