मुस्लिम समुदायका बालिका पनि विद्यालय जान थाले | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मुस्लिम समुदायका बालिका पनि विद्यालय जान थाले

muslim balika

निशा शाह
नेपालगंज, ६ कात्तिक
। पछिल्लो समयमा मुस्लिम समुदायका बालिकाहरु पनि विद्यालय जान थालेका छन । विगतमा घर वाहिर जानु हुँदैन भन्ने परम्परा रहेको मुस्लिम समुदायका छात्राहरु अहिले कक्षा कोठामा ठुलो संख्यामा देखिन्छन् ।

मुस्लिम समुदायको बालिकाहरुलाई घरदेखि बाहिर जाने अनुमति नभएका कारण उनीहरु पढ्नबाट समेत वन्चित हुँदै आएका छन् । तर, पछिल्लो समयमा मुस्लिम समुदायले पनि शिक्षाको महत्व बुझन थालेपछि अहिले नेपालगंज स्थित मदरसा दारुल उलूम बरकतिया विद्यालयमा ठुलो संख्यामा मुस्लिम छात्राहरु समेत पढ्न आउन थालेका छन् ।

वर्षैदेखि अँध्यारो संसारमा जिउन वाध्य मुस्लिम छात्राहरु अहिले यस बरकातिया मदरसामा पढन पाउँदा खुसि देखिन्छन् । कक्षा ८ मा अध्ययनरत नाजर्षिले आफु पढेर डाक्टर बन्ने ईच्छा रहेको बताईन । मुस्लिम समुदायमा विषेशगरी बालिकाहरुलाई पढाउने चलन नभएपनि पछिल्लो समयमा थुप्रै बालिकाहरु पढन आउने गरेको उनको भनाई थियो ।

मुस्लिम समुदायमा महिलाहरुलाई पर्दामा राख्ने चलन भएकै कारण उनीहरु पढाईबाट वन्चित हुदै आएका छन् । तर, यी परम्परालाई थाति राख्दै टाउकोमा दुप्ट्टा÷बुर्खा ओढेर मदरसामा पढन आउन थालेका छन् ।

मदरसा दारुल उलूम बरकतिया मा.वि.का संस्थापक मौलाना जिवाउ मुस्तफा उरानीले विगतमा भन्दा अहिले मदरसामा बालिकाहरुको संख्यामा वृद्धि भएको बताए । उनले जनचेतना वढेका कारण छात्राहरुको संख्या वढेको बताए ।

विद्यालयको तथ्यांक अनुसार पछिल्लो समयमा ७५ प्रतिशत मदरसामा बालिकाहरुको संख्या बढेको छ । बाँकेमा १ सय २५ वटा मदरसा मध्ये २ वटा मात्र माध्यमिक विद्यालय रहेका छन् ।

मुस्लिम समुदायका बालिकाहरु कक्षा १० देखि माथि पढने कुनै विद्यालय नभएकाले उनीहरुको शिक्षा कक्षा १० सम्म मात्र सिमित रहने गरेको छ । उच्च शिक्षा पढनका लागि आफ्नो समुदायको कुनै विद्यालय नभएकोले उनीहरुको अभिभावकहरुले अन्य सामुदायिक विद्यालयमा पढाउने गरेका छैनन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);