स्वर्गद्धारी हिन्दु धर्मालम्बीहरुको प्रमुख आस्थाको केन्द्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्वर्गद्धारी हिन्दु धर्मालम्बीहरुको प्रमुख आस्थाको केन्द्र

तेजना पण्डित
काठमाडौं, ६ कात्तिक । धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा परिचित प्युठान जिल्लालाई विविध संस्कृतीले भरिपूर्ण जिल्लाको रुपमा लिन सकिन्छ । धार्मिक हिसाबले नेपालकै एक धामको रुपमा स्थापित स्वर्गद्धारी हिन्दु धर्मालम्बीहरुको प्रमुख आस्थाको केन्द्रको रुपमा लिने गरिन्छ ।

हिन्दु धर्मअनुसार सबै बिधिपूर्वक पुजा अर्चना गरिने यस स्वर्गद्धारीमा खास गरि भारत र नेपालका हिन्दु धर्मात्माहरुको मुख्य आकर्षण रहेको पाइन्छ । दसैंको दिन आश्रम बासी तथा आसपासका आम सर्बसाधारणहरु आश्रम प्रमुखबाट टिका ग्रहण गर्ने र आशिर्वाद लिने गर्दछन ।

स्वर्गद्धारीमा कोर्जागत पूर्णिमाको दिन विशेष कार्यक्रमको आयोजना गरि बर्षमा एक पटक मौला परिबर्तन गर्ने परम्परा रहेको छ । त्यस्तै प्यूठानका बिभिन्न ठाउँहरुमा आ– आफ्नै संस्कारहरु रहेका छन् । दसैंको अबसरमा उत्तरी प्यूठानको गौमुखी गाउँपालिका अन्र्तगत पर्ने खुङमा सामुहिक टिका लगाएर दसैं मनाउने गरिन्छ ।

खास गरि टाढा टाढाबाट दसैं मनाउनको लागि नै गाउँ आउने पाहुँनाहरुको स्वागत तथा मनोरञ्जन गराउनको लागि पनि विभिन्न किसिमका कला झल्कने कार्यक्रमहरु गर्ने चलन रहेको छ ।

दसैंको अबसरमा लाग्ने रजवाराको दसैं मेला, अग्लुङको सराय नाँच, अर्खाको लाटा नाँच यो क्षेत्रका प्रमुख मेलाको रुपममा लिने गरिन्छ । त्यस्तै दसैंको अबसरमा ओखरकोटको गडि, लिवाङको ईख्नाथान, तुषारा कोट, विजुलीकोट बरौलाकोट लगाएतका कोटहरुमा विभिन्न कार्यक्रम सहित दसैं मनाउने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);