नेपालगञ्जमा पनि बकर ईद धुमधामसंग मनाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालगञ्जमा पनि बकर ईद धुमधामसंग मनाइयो

नेपालगञ्ज, २७ साउन । मुस्लिम समुदायको दोस्रो महान चाड ईदुल अजाह अर्थात बकर ईद सोमबार नेपालगञ्जमा पनि धुमधामसंग मनाइएको छ । नेपालगञ्जको वि.पी चोक नजिकै ईदगाह रोडमा सबै मुस्लिम समुदायहरु नवाज पढेर एक आपसमा अंगालो मारेर खुसी साटासाट गरेका छन् ।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच आपसी भाईचाराको सम्बन्ध भएकै कारण हिन्दुहरुको पनि सहभागी भई मुस्लिम समुदायलाई शुभकामना दिने गरेका छन् ।

बकर इदका दिन विषेश गरेर मुस्लिम समुदायमा कुरवानी दिने चलन अर्थात भेडा वाख्रा खसी र रांगाको कुरवानी दिएर ३ हिस्सा लगाउनेमा एक हिस्सा आफुलाई एक हिस्सा आफन्तलाई र एक हिस्सालाई गरिवहरुमा बाँड्ने चलन रहेको छ । सोमाबारबाट शुरु भएको बकर इद बुधबारसम्म मनाइने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);