आजबाट इस्लाम धर्मावलम्बीको उल जोहा बकर ईद सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १७ भदौ । इस्लाम धर्मावलम्बीको महान् पर्व उल जोहा बकर ईद सुरु भएको छ ।

विश्वभर मुस्लिम देशहरुका मस्जिदहरुमा आज ठुलो भीड लागेको छ । बक्रा ईदको रुपमा पनि चिनिने यो पर्वमा विशेष गरी जनावरको बली दिइने गरिन्छ ।

 

तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज इस्लाम धर्माबलम्बीले ईदगाह तथा मस्जिदमा भेला भएर अल्लाहको प्रार्थना गरेका छन् । प्रार्थनाका लागि काठमाडौँको जामे मस्जिदमा ठूलो भीड लागेको छ । यो पर्वमा खसी भेडा लगायत जनावरको बली दिने गरिन्छ ।

 

बली दिएको पशुको मासु तीन भाग लगाएर एक भाग दीनदुःखी र बली दिन नसक्नेलाई, एक भाग आफन्तलाई र एक भाग आफूले प्रसादका रुपमा खाने चलन छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);