महाकालीमा सरकारी कर्मचारीको लाप्रवाही, सधैँ मारमा सेवाग्राही | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पुस्कर भट्ट, महाकाली, १७ भदौ । यातायात व्यवस्था कार्यालय महाकालीमा कर्मचारी अभाव हुँदा सेवाग्रही मारमा परेका छन् । १७ जना कर्मचारीको दरबन्दी भएपनि ४ जना कर्मचारीको भरमा कार्यालय चलिरहेको छ । उपस्थित कर्मचारीहरुले पनि काममा लापरवाही गर्दा सेवाग्राही झनै मर्कामा परेका छन् ।

 

यातायात व्यवस्था कार्यालयमा आवश्यक कर्मचारी नहुँदा सेवाग्राहीलाई सवारी जाँच पास, लाईसेन्स नविकरण, सवारी दर्ता प्रमाण पत्र, कर तिर्ने जस्ता कार्य गर्न समस्या भएको छ ।

 

१७ जना कर्मचारीको दरबन्दी भएको कार्यालयमा अहिले ४ जना कर्मचारी मात्र उपस्थित छन् । कर्मचारी नहुँदा १० दिन धाउँदा पनि काम नभएको सेवाग्राही गोबिन्द थापाको गुनासो छ ।

 

केही समय देखि कार्यालय प्रमुखको कोठामा ताला लागेको छ । हाल ना.सु. नन्दराज भट्ट, मिरा पौडेल, त्रिलोक सिंह रावल, र कार्यालय सहयोगी शिवप्रसाद जोशी मात्र कार्यालयमा उपस्थित छन् । केही कर्मचारी विदामा बसेका छन् भने केही काज र तालिमका लागि गएका छन् । केही कर्मचारी निलम्बनमा परेका छन् । प्रविधिक सूर्यप्रसाद ओझा १३ गते मंगलबार १ दिन हाजिर गरी पुनः काठमाडौं हिडेका छन् । कर्मचारीहरु विभिन्न बहानामा कार्यालय उपस्थित नहुँदा त्यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन् । कार्यलयको जिम्मेवारी सम्हालेका नासु नन्दराज भट्ट पटक–पटक विभागमा खबर गर्दा पनि समस्या समाधानमा पहल नभएको गुनासो गर्छन् ।

 

सेवाग्राहीको चाप हुने यातायात व्यवस्था कार्यालयका कर्मचारी विभिन्न बहानामा कार्यालय उपस्थित नुहँदा सेवाग्राहीले भने सास्ती वेहोर्नुपरेको छ । जिम्मेवार पदमा बसेकाहरुले यस्तो गैह्रजिम्मेवारीपना कहिले सम्म ?

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);