यातायात व्यवस्था कार्यालय लुम्बिनीमा चरम लापर्बाही | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८०, सोमबार

यातायात व्यवस्था कार्यालय लुम्बिनीमा चरम लापर्बाही

lumbini-yatayat

रुपन्देही, १७ बैशाख । यातायात व्यवस्था कार्यालय लुम्बिनीका कर्मचारीको लापरबाहीका कारण सेवाग्राहीलाई सास्ती भएको छ । बिहान ११ बजेसम्म पनि कर्मचारी कार्यालय पुग्ने गरेका छैनन् । जसका कारण सेवाग्राही मारमा परेका हुन ।

कार्यलय अगाडी हजारौ सेवाग्राहीको भिड छ । तर कर्मचारीहरुले काम भइरहेको भन्दै आफ्नो बचाउ गरेका छन् । जनताको सेवा गर्ने भन्दै सपथ खाएका राष्ट्रसेवकर्मचारीहरु समयमा कार्यालय नआउनु विडम्बना हो ।

सरकारले जनातको सेवा नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी नदिएको पनि हैन । तर लुम्बिनीमा रहेको यातायात व्यवस्था कार्यालयका कर्मचारीले सरकारको चेतावनीको धज्जी उडाएका छन् ।समयमा कार्यालय नआउने र सेवाग्राहीको काम नगर्ने कर्मचारीलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ ।