खरिद गरको ३ वर्षमा पनि प्रयोगमा आएन प्रदुषण जाँच गर्ने मेसिन, यातायात व्यवस्था कार्यालय दाङ किन छ उदाशिन ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

खरिद गरको ३ वर्षमा पनि प्रयोगमा आएन प्रदुषण जाँच गर्ने मेसिन, यातायात व्यवस्था कार्यालय दाङ किन छ उदाशिन ?

विकास डाँगी,
दाङ ।
यातायात व्यवस्था कार्यालय दाङमा करिब ३ वर्ष पहिले गाडीहरूको प्रदुषण जाँच गर्न ल्याइएका मेसिनहरू प्रयोग विहीन हुँदा अहिले सम्म दराजमा थन्किएका छन् ।

वातावरण प्रदुषण गर्नेमा सवारी साधनहरू पनि पर्दछन् । तर, ति सवारी साधनहरूले कतिको प्रदुषण गरेका छन्, भनेर समय समयमा प्रदुषण परीक्षण गर्ने गरिन्छ । तर, यातायात कार्यालय दाङमा लाखौँ मूल्य पर्ने ति मेसिनहरू अहिले प्रयोग विहीन भएर दराजमा थन्काएको यातायात व्यवस्था कार्यालय दाङका निमित्त प्रमुख रविन्द्र केसी बताउँछन् ।

लामो रुटमा चल्ने सवारीका साधनहरूको बुटवलमा चेकजाँच हुन्छ । तर, छोटो रुटमा चल्ने सवारी साधनहरूको भने जिल्ला मै हुनु पर्ने हो । ठाउँ र कर्मचारीको अभावले चेकजाँच गर्न नसकिएको यातायात व्यवस्था कार्यालय दाङ मेकानिकल सुपरभाईजर पदम गिरीले बताए ।

कार्यालयमा २ वटा मेसिनहरू रहेका छन् । एउटाले पेट्रोलबाट चल्ने सवारीको र अर्कोले डिजलबाट चल्ने सवारीको चेकजाँच गरिन्छ । तर, जिल्लामा छोटो रुटमा चल्ने सवारी साधनहरूले अहिले सम्म चेकजाँच गराएको पाइदैन् । कुन गाडीले कति प्रदुषण गरेको छ । कसैलाई थाहा छैन् । अहिले सम्म चेकजाँच भएको थाहै नभएको चालक प्रेम बहादुर खड्काले बताए ।

यातायात कार्यालय दाङमा साना तथा ठूला गरी करिब ७२ हजार सवारी साधन दर्ता भएका छन् । ट्राफिक प्रहरीले पनि सवारी साधनले ट्राफिक नियम पालन नगरे कारबाही गर्दै आएको छ । तर, अहिले जिल्लामा प्रदुषण सम्बन्धी चेकजाँच गर्ने काम नगरेको तुलसीपुर ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक कृष्ण पुजाराले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);