बालिका बलात्कारको आरोपमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बालिका बलात्कारको आरोपमा पक्राउ

बिष्णु गौतम,
पर्वत । पर्वतको जलजला गाउँपालिका मा १४ वर्षिया बालिकालाई बलात्कार गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्वतले आरोपित यूवकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पर्वतको जलजला गाउँपालिका–८ का २० वर्षिय नारायण गिरीलाई पक्राउ गरिएको हो ।

पर्वत प्रहरीका अनुसार गिरीलाई गत भदौ १४ गते जलजला गाउँपालिका–८ ज्यामिरेमा १४ वर्षिया बालिकालाई करणी गरेको भनि बालिकाकी आमाले प्रहरीमा उजुरी गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

पिडित भनिएकी बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराए लगत्तै प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको कमाण्डमा खटीएर गएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरेको हो ।

आरोपितका बिरुद्ध भदौ १६ मा करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);