इस्लाम धर्मावलम्बीहरुको चाड बकर–इद उत्साहका साथ मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

इस्लाम धर्मावलम्बीहरुको चाड बकर–इद उत्साहका साथ मनाईंदै

bakar id

काठमाडौं, ६ भदौ । इस्लाम धर्मावलम्बीहरुको चाड बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् ।

तीन दिनसम्म मनाइने यस पर्वलाई इद–उल–जुहा पनि भन्ने गरिन्छ । बकर इदलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । बकर–इदका अवसरमा देशका विभिन्न स्थानका मस्जिदहरुमा नवाज पढ्नेको भिड लागेको छ । पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् ।

इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर–इदमा जनावरलाई कुर्वानी अर्थात् बलिदानी गर्ने गरिन्छ । सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);