सवा ६ करोड मुल्यमा १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

सवा ६ करोड मुल्यमा १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद

कैलाली, २७ साउन । सुदूरपश्चिम प्रदेश सरकारले ६ करोड २५ हजार रुपैयाँ बराबरको एम्बुलेन्स खरिद गरेको छ । सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि अत्याधुनिक एम्बुलेन्स खरिद गरिएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा एम्बुलेन्स खरिदका लागि मन्त्रालयले ६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

संघीय सरकारको अर्थ मन्त्रालयले भन्सार छुटका लागि इजाजत दिएपछि मन्त्रालयले झण्डै ३९ लाखका दरले ’बी ग्रेड’ का १६ ओटा एम्बुलेन्स खरिद गरेको हो । एम्बुलेन्स खरिद गरी यातायात व्यवस्था कार्यालयमा दर्ता प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ ।

हरेक निर्वाचन क्षेत्रको एउटा स्थानीय तहलाई मर्मत र चालकको व्यवस्था गर्ने गरी एम्बुलेन्स हस्तान्तरण हुनेछन् । सुदूरपश्चिममा ‘बी ग्रेड’ को अहिलेसम्म एउटा पनि एम्बुलेन्स थिएन ।

मन्त्रालयका सह–सचिव तथा प्रवक्ता झंकरबहादुर विष्टले दसैं अगाडी सम्बन्धित संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरिने बताउनु भयो ।

मन्त्रालयले यसअघि एम्बुलेन्स खरिदका लागि अन्तराष्ट्रिय टेण्डर प्रकाशित गरेको थियो । एम्बुलेन्सको टेण्डर भारतको टाटा कम्पनीले पाएको थियो । खरिद गरिएका बी ग्रेडको एम्बुलेन्समा सबै आकस्मिक उपकरण तथा सुविधा छन् ।

एम्बुलेन्सका चालक प्राथमिक उपचारको तालिम प्राप्त हुनुपर्छ भने यसमा आकस्मिक औषधिमा तालिम प्राप्त डाक्टर रहनुपर्ने व्यवस्था छ । सुदूरपश्चिमका पहाडी जिल्लामा एम्बुलेन्सको अभावले विरामीलाई समयमा स्वास्थ्य सेवा दिन नसक्दा धेरैको मृत्यू हुने गरेको छ । यो कुरालाई ध्यानमा राखी समयमा स्वास्थ्य सेवा नपाएर मृत्यू हुन नदिने उद्देश्यले एम्बुलेन्स खरिद गरी वितरण गर्न लागिएको मन्त्रालय प्रवक्ता बिष्टको भनाई छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको मटेला र रायल तथा डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकीमा एम्बुलेन्स वितरण हुनेछन् ।

त्यस्तै डोटीमा, जिल्ला अस्पताल र चमारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल र बाब्ला स्वास्थ्य चौकीलाई संयुक्त रुपमा एक एम्बुलेन्स, अछामकै बान्नीगढी र विनायक स्वास्थ्य चौकीलाई पनि संयुक्तरुपमा एउटा एम्बुलेन्स हस्तान्तरण हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);