सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा एम्बुलेन्स वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा एम्बुलेन्स वितरण

कैलाली, २० कात्तिक । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले ७ पहाडी जिल्लाका लागि ‘अत्याधुनिक एम्बुलेन्स’ वितरण गरेको छ । बुधबार मन्त्रालयले धनगढीमा एम्बुलेन्स हस्तान्तरण कार्यक्रमको आयोजना गरी पहाडी ७ जिल्लाका १६ निर्वाचन क्षेत्रलाई ६ करोडका अत्याधुनिक एम्बुलेन्स वितरण गरेको हो।

आर्थिक वर्ष २०७५/०७६ को बजेटमा एम्बुलेन्स खरिदका लागि मन्त्रालयले ६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

सोहि बजेटबाट मन्त्रालयले सवा ६ करोड मुल्य पर्ने १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो । संघीय सरकारको अर्थ मन्त्रालयले भन्सार छुटका लागि इजाजत दिएपछि सामाजिक विकास मन्त्रालयले ३९ लाखका दरले ‘बी ग्रेड’ का एम्बुलेन्स खरिद गरेको थियो । हरेक निर्वाचन क्षेत्रको एउटा स्थानीय तहलाई मर्मत र चालकको व्यवस्था गर्ने गरी एम्बुलेन्स हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले वितरण गरेका यी १६ वटा एम्वुलेन्समा एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिण्डरका साथै सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुबिधा छन् ।

एम्बुलेन्समा सामान्य प्राथमिक उपचार तालिम प्राप्त चालक र एक जना स्वास्थ्यकर्मी रहने व्यवस्था गरिएको छ । एम्बुलेन्स वितरण गरेसंगै पहाडी जिल्लामा धेरै बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य हुने बझाङकोे केदारस्यु गाउँपालिकाका अध्यक्ष ईन्द्र भण्डारीको विश्वास छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सामाजिक मन्त्री कृष्णराज सुवेदीले मन्त्रालयले वितरण गरेको एम्बुलेन्सबाट पहाडी जिल्लाका दुर्गम भेगका जनताले छिटोछरितो रुपमा स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको बताउनु भयो ।

जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल डोटीलाई एक एक एम्बुलेन्स हस्तान्तरण गरिएको छ । यस्तै जोगबुडा र नवदुर्गा स्वास्थ्य चौकी डडेल्धुरा, अछामको कमलबजार, बाब्ला र बान्नीगढी स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार स्वास्थ्य चौकी, बझाङको मटेला र रायल स्वास्थ्य चौकी, बैतडीको डिलाशैनि र रुद्रेश्वर स्वास्थ्य चौकी, बाजुराको टाटे स्वास्थ्य चौकीलाई एक/एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । यस्तै धनगढीको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई पनि एम्बुलेन्स वितरण गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);