भारतद्वारा नेपाललाई ३० वटा बस तथा ६ वटा एम्बुलेन्स हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

साउन ३१ , काठमाण्डौँ । भारतले आफ्नो ७१ औ स्वतन्त्रता दिवसको अवसर पारेर नेपालका विभिन्न संघसंस्थालाई बस तथा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

नेपालस्थित भारतीय राजदूतावासमा मंगलबार आयोजित कार्यक्रममा दुतावासले विभिन्न जिल्लाका अस्पताल, परोपकारी संस्था, शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गरेको हो । यस्तै दुतावासले ६६ वटा पुस्तकालयलाई शैक्षिक सामाग्रीसमेत सहयोग गरेको छ । कार्यक्रममा नेपालका लागि भारतका राजदूत मजिवसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराई भारतका राष्ट्रपतिले राष्ट्रका नाममा दिएको सन्देश पढेर सुनाउनु भएको थियो ।

राजदूत पुरीले नेपाली र भारतीयबीच प्रगाढ सम्बन्ध रहेको बताउदैं भारतले नेपालको शान्ति, स्थायित्व र समृद्धिमा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);