पोखरा महानगरपालिका अगाडी फुटपाथ व्यवसायीको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पोखरा महानगरपालिका अगाडी फुटपाथ व्यवसायीको प्रदर्शन

pokhara mahanagar gherau

पोखरा, २० कात्तिक । पोखराका फुटपाथ व्यवसायीहरुले नारा जुलुश गर्दै पोखरा महानगरपालिका अगाडी प्रदर्शन गरेका छन् । पोखरा महानगरपालिकाले फुटपाथ पसलहरु हटाएर आफुहरुको राजीरोटी खोसेको भन्दै रोजगारीको माग समेत गरेर नाराबाजी गरेका हुन् ।

पोखराका मुख्य बजार क्षेत्रमा फुटपाथ अतिक्रमण गरी व्यापार गर्न नदिन महानगरकाले अभियान शुरु गरेपछि त्यसको विरोधमा फुटपाथ व्यापारीहरुले बुधबार पोखरा महानगर घेराउ गरेका हुन् । आफुहरुले गरि खाने बाटो खोसे रोजगारीको व्यवस्था वा व्यापारका लागि निश्चित क्षेत्र व्यवस्थापन गरिदिनु पर्ने उनिहरुको माग छ ।

पोखरा महानगरापालिकाले गएको आइतबार फुटपाथ व्यवसायीहरुलाई फुटपाथ पसल हटाउन १ हप्ता अल्टिमेटम दिएको थियो । त्यो पत्र अटेर गर्नेहरुलाई महानगरले कारबाही गर्न थालेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);