फुटपाथ अतिक्रमण हटाउन पोखरा महानगरको अल्टिमेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फुटपाथ अतिक्रमण हटाउन पोखरा महानगरको अल्टिमेट

footpath atikraman pokhara

पोखरा, १९ कात्तिक । पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्रमा भईरहेको फुटपाथ अतिक्रमण रोक्न अभियान थालेको छ । महानगरपालिकाले पहिलो चरणमा फुटपाथ व्यापारीलाई पत्र दिएर एक हप्ताको अल्टीमेटम दिएको छ । दोश्रो र तेस्रो पटकसम्म पनि अटेर गरेमा ५० हजार सम्मको जरिवाना गर्ने पोखरा महानगरपालिकाले चेतावनी समेत दिएको छ ।

मुख्य बजार क्षेत्रमा फुटपाथलाई अतिक्रमण गरी पसल थाप्नेहरुको संख्या बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि पोखरा महानगरपालिकाले अभियान शुरु गरेको छ । गत आइतबार पोखरा महानगरपालिकाले पहिलो चरणमा फुटपाथ व्यापारीहरुलाई एक हप्ता भित्र पसलहरु हटाउन अल्टिमेटम सहितको पत्र पठाएको छ । दोस्रो र तेस्रो पटकसम्म पनि उक्त फुटपाथबाट पसल नहटाएमा ५० हजारसम्मको जरिवाना गर्ने पोखरा महानगरले चेतावनी दिएको छ ।

पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, पालिखेचोक, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, सभागृहचोक, बिरौटा, बगर, अम्मरसिंहचोक लगायतका बजार क्षेत्रमा फुटपाथ अतिक्रमण गरेको पाइएपछि त्यसलाई हटाउन महानगरले सात दिने अल्टिमेट दिएको पोखरा महानगरपलिका प्रमुख मान बहादुर केसीले बताउनु भयो ।

पसल हटाउनका लागि पत्र दिन समितिको संयोजकको नेतृत्वमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि खटिएका छन् । फुटपाथ व्यवसायीहरुले भने महानगरपालिकाले आफ्नो रोजीरोटी खोस्न खोजेको प्रतिक्रिया दिएका छन् ।

गत कात्र्तिक ७ गते पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले फुटपाथ अतिक्रमण गरेर राखिएका पसल हटाउने निर्णय गरेको थियो । बैठकले पृथ्वीचोकस्थित सस्तो बजार अगाडी माइक्रो स्टेसनलाई हटाइ फुटपाथ खाली गराउने र चिप्लेढुंगाको चौतारी अगाडि कुनै पनि कार्यक्रम गर्न नदिने र कार्यक्रम गरेमा कारबाही गर्ने निर्णय पनि गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);