काठमाडौं महाानगरबिरुद्ध व्यवसायीहरुको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८०, आइतबार

काठमाडौं महाानगरबिरुद्ध व्यवसायीहरुको प्रदर्शन

काठमाडौं,२८ माघ । काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले महानगरबिरुद्ध प्रदर्शन गरेका छन् । आईतवार राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा महानगरको बिरोध प्रदर्शन तथा काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाउनु भयो । उहाँले आफूहरुले फुटपाथ व्यवसायीहरलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरु लुटरेर लिएर गएको बताउनु भयो । महानगरपालिकाले फुटपाथ व्यवसायीहरुका माग सम्बोधन गर्नुपर्ने बताउनु भयो । त्यस्तै अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरुले गरिखान पाउनुपर्ने र उचित र वैकल्पिक ठाउँ दिनुपर्ने बताउनु भयो । काठमाडौं महानगरपालिका व्यापारीको व्यवस्थापन भन्दा पनि बेरोजगार बनाउन उद्धत भएको आरोप लगाउनु भयो ।

प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर्, हाम्रो आन्दोलन जारी छ, व्यवसायी एकता जिन्दवाद, राजु पाण्डे मुर्दावाद, पुँजीवादी मेयर चाहिँदैन लगायतका नारा लगाएका थिए ।

Leave a Reply