आज अन्तिम साउने सोमबार, शिव मन्दिरहरुमा हिन्दु धर्मावलम्वीको भिड | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

आज अन्तिम साउने सोमबार, शिव मन्दिरहरुमा हिन्दु धर्मावलम्वीको भिड

काठमाडौं, २७ साउन । आज अन्तिम साउने सोमबारको दिन शिव मन्दिरहरुमा हिन्दु धर्मावलम्वीहरुको भिड लागेको छ । अन्तिम साउने सोमबार नेपालकै एक मात्र नेपालगञ्जस्थित जुंगे महादेवलाई राप्ती नदीबाट जल ल्याएर अर्पण गर्ने गरेका छन् ।

साउन महिनाको सोमबारमा ब्रत बसेर बोल बम कोवारियाँले नजिकको जलासयबाट जल ल्याई महादेवको पुजा अर्चना गरेमा पुण्य पाईने जनविश्वास रही आएको छ । साउनको अन्तिम सोमबार नेपालगञ्जदेखि ८ किलोमिटर पुर्वमा रहेको राप्ति नदीसम्म पदैल हिंडेर स्नान गरी त्यहाँबाट ल्याईएको जलले जुंगे महादेवलाई स्नान गराई पुजा गर्ने चलन रही आएको छ ।

त्यसैगरी कपिलवस्तु सदरमुकाम तौलिहवास्थित प्राचिन ताम्रेश्वरनाथ (तौलेश्वरनाथ) महादेव मन्दिरमा जलापर्णका लागि घुईचो लागेको छ । साउन महिनाको अन्तिम सोमबारका दिन बाणगंगा नदीमा स्नान गरी जल लिई बोलबमको नारा लगाउँदै जलापर्ण गर्न नेपाल र भारतका श्रद्धालुको घुईचो लागेको हो ।