एकै दिन २० वटा कार्यालयमा छड्के, ५५ जना कर्मचारी अनुपस्थित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एकै दिन २० वटा कार्यालयमा छड्के, ५५ जना कर्मचारी अनुपस्थित

इलाम, २७ साउन । विना जानकारी कार्यालयमा अनुपस्थित रहेका इलामका विभिन्न कार्यालयका ५५ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय इलामले स्पष्टिकरण माग गरेको छ ।

कार्यालयले एकै दिनमा सदरमुकाममा रहेका २० वटा कार्यालयमा छड्के अनुगमन गर्दा ५५ जना कर्मचारी अनुपस्थित पाएपछि स्पष्टिकरण माग गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार २० मध्ये १३ कार्यालयका कर्मचारी विना जानकारी कार्यालयमा अनुपस्थित रहेको पाइएको थियो ।

संघ मातहतका ८ कार्यालय र प्रदेश मातहतका पाँच कार्यालयमा छड्के अनुगमन गरिएको थियो । डिभिजन सडक इलामका ११, जिल्ला हुलाक कार्यालयका तीन, करदाता सेवा कार्यालयका एक, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका ४, नापी कार्यालय इलामका एक, कारागार कार्यालयका १, शिक्षा विकास तथा समन्वय एकाइका दुई, वनस्पति अनुषन्धान कार्यालयका एक अनुपस्थित रहेका थिए ।

यस्तै डिभिजन वन कार्यालयका ४, शहरी विकास तथा भवन कार्यालयका एक, जलस्रोत तथा सिचाई विकास डिभिजनका ८, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दैका एक र स्वास्थ्य कार्यालयका १७ जना कर्मचारी अनुपस्थित रहेका थिए ।

कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरुले बिरामी भएको, घरमा श्राद्ध परेको जस्ता बहाना बनाएको वताइएको छ । कार्यालयमा जानकारी नदिइ केहि कर्मचारीले शनिबार विदाका दिन पनि हाजिर पुस्तिकामा हाजिर जनाएको पाइएको थियो

। विना जानकारी कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरुलाई स्पष्टिकरण सोधेर सचेत गराइने र आवश्यक परे अन्य कारबाही अगाडी बढाउने तयारी गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);