कार्यालयमै बस्दैनन्, कार्यालय प्रमुख | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कार्यालयमै बस्दैनन्, कार्यालय प्रमुख

jumla jilla karyalay

काठमाडौं, २१ साउन । जुम्लाका सरकारी कार्यालयका ४९ जना कर्मचारी जिल्ला प्रशासन कार्यालयको छड्केमा परेका छन् ।

सरकारी कार्यालयबाट हुने सेवा प्रवाह, कर्मचारीहरुको उपस्थिति अवस्था बारेमा जिल्ला प्रशासन कार्यालय जुम्लाले गरेको छड्के अनुगमन ४९ जना कर्मचारी अनुपस्थित रहेको देखिएका छन् । अनुपस्थित हुनेमा अधिंकाश कार्यालय प्रमुख रहेका छन् । छड्के अनुगमनको क्रममा जिल्लामा रहेका २८ वटा सरकारी कार्यालय मध्य ११ वटा सरकारी कार्यालयका प्रमुख नै अनुपस्थित देखिएका छन् ।

भने अन्य कार्यालयका गरि ४९ जना कर्मचारी अनुपस्थित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । चालु आर्थिक बर्षको साउन महिनाको तेस्रो साता जिल्ला प्रशासन कार्यालय जुम्लाको छड्के अनुगमनमा ४९ जना कर्मचारी कार्यालयमा उपस्थित नभएको भेटिएको छ । प्रशासनले चारवटा समुह बनाएर छड्के अनुगमन गरेपछि २८ सरकारी कार्यालयका ४९ जना कर्मचारीमा कार्यालयमा उपस्थित नभएको भेटिएको हो ।अनुगमनको क्रममा नौ वटा कार्यालयमा कार्यालय प्रमुख कार्यालयमा उपस्थित रहेको, आठ वटा कार्यालयका कार्यालय प्रमुख कार्यालयको कामकाजको सिलसिलाम जिल्ला बाहिर काजमा रहेको पाईएकको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार २८ वटै कार्यालयको हाजिरी किताब जिल्ला प्रशासन कार्यालयमा ल्याई रूजु गर्दा अनुमति बिना कर्मचारी अनुपस्थित देखिएको हो । केही कार्यालय प्रमुखले प्रशासन कार्यालयमा बाहिरी जिल्ला जाने अनुपति लिएपनि कार्यालयको हाजिरीमा उल्लेख नगरेको पाईएको उनले जानकारी दिईन् ।

कार्यालयमा उपस्थित नहुने प्रमुखमा कृषि अनुसन्धान कार्यालय, जिल्ला हुलाक कार्यालय, नागरिक उड्यन कार्यालय, वनस्पति अनुसन्धान केन्द्र र साल्ट ट्रेडिङ कर्पाेरेसन शाखा कार्यालय प्रमुख रहेका छन् । त्यसैगरी कृषि ज्ञान केन्द्र, संघीय खानेपानी तथा ढल व्यवस्थापन, व्यवसायिक सिप विकास तालिम केन्द्र, जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, सहरी विकास तथा भवन कार्यालय र यातायात व्यवस्थापन कार्यालय रहेका छन् । एकै पटक सरकारी कार्यालयका प्रमुख र कर्मचारीले के कामले कहाँ गएका हुन्, प्रशासनलाई जानकारी छैन । भने निमित्त पनि नतोकेका कारण सेवा प्रवाहमा असर परेको देखिएको छ ।  यो समाचार राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);