अझै पदमै अल्झिए प्राध्यापक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अझै पदमै अल्झिए प्राध्यापक

karmachari

काठमाडौं, २१ साउन । संघको महाधिवेशनलाई मझधारमै छोडेर राजनीतिक नियुक्तिमा लागेका प्राध्यापकले अझै पद पाएनन् । प्राध्यापकहरुको साझा संगठन प्राध्यापक संघले एक महिनापछि पनि नेतृत्व चयन गर्न सकेन ।

असार १९ देखि २१ सम्म महाधिवेशन सम्पन्न गर्न खोजेको संघले श्रावण ४ गते निर्वाचन सम्पन्न गरी नेतृत्व चयन गर्ने कार्यतालिका सार्वजनीक गरेको थियो ।यसैबीच नेपाल प्राध्यापक संघका निवर्तमान अध्यक्ष रामेश्वर उपाध्यायले त्रिविबाट अवकास पाएपछि अझ अप्ठेरो सृजना भएको छ ।

सहमतिको नाममा स्थगित भएको मतदान प्रक्रिया अझै शुरु नहुँदा केही प्राध्यापकले प्राध्यापक संघ विघटन गरी तदर्थ समिति गठन गर्ने तयारी थालेका छन् । प्राध्यापक संघमा कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, एमाले निकट प्रगतिशील प्राध्यापक संघ र तत्कालीन माओवादीनिकट राष्ट्रिय प्राध्यापक संगठनको नेतृत्वका बीच भागवण्डा गरी कार्यसमिति निर्वाचित गर्ने सहमति थियो । याे समाचार नेपाल समाचारपत्रमा लेखीएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);