सञ्चारमन्त्रीको छड्के अनुगमन, समयमा कार्यलय नआउने कर्मचारी कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, ११ भदौ । सरकारले कार्यालय समयमा उपस्थित नहुने गोरखापत्र संस्थान र दुरसञ्चार प्राधिकरणका पदाधिकारीसहित कर्मचारीहरुलाई कारबाही गर्ने भएको छ ।

 

समयमा कार्यालयमा हाजिर नहुने गुनासो आएपछि आइतबार विहान सवा १० बजे स्थलगत अनुगमनमा गएका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पदाधिकारीसहित कर्मचारीहरु कार्यालयमा उपस्थित नभएको पाइएपछि कारवाही गर्ने बताए । अनुगमनमा जाँदा गोरखापत्र संस्थानका अध्यक्ष गोबिन्द पोखरेलसहित माथिल्लो ओहोदाका कर्मचारीहरु कार्यालयमा उपस्थित थिएनन् । मन्त्री बस्नेत कार्यालय समयमा उपस्थित नहुने कर्मचारीहरुलाई कारवाहीका लागि मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुसँग सोधपुछ भईरहेको जनाएका छन् ।

 

मन्त्री बस्नेतलेले गोरखा पत्र संस्थानको अनुगमन सकेलगत्तै नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय पुगी अनुगमन गरका थिए । अनुगमनका क्रममा ४३ जना कर्मचारीमात्रै उपस्थित भएको पाइएको मन्त्री बस्नेतले बताए । प्राधिकरणको केन्द्रिय कार्यालयमा ५८ जनाको दरबन्दी रहेकोमा बिहान ११ बजेसम्म ४३ जनाको मात्रै उपस्थित देखिएपछि मन्त्री बस्नेतले अनुपस्थित कर्मचारीलाई कारवाही गरिने जनाएका छन् । मन्त्री बस्नेतले मन्त्रालय मातहतका सबै निकायमा अनुगमन गरी समयमा काम नभएको पाइए कार्वाही गर्ने बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);