भारतमा दिएको विवादास्पद अभिव्यक्ति बारे प्रधानमन्त्रीसँग छलफल गर्छु : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, १२ भदौ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर माओवादी केन्द्रले प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको छ ।

 

भारत भ्रमणका क्रममा गरेका समझदारी र पुन संविधान संशोधन गर्छु भनेर प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्तिमाथि असन्तुष्टि जनाउँदै सोही विषयमा छलफल गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् ।

 

पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुलाई प्रशिक्षण दिन प्रचण्ड सोमबार बिहान पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड विराटनगर पुगेका हुन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने- ‘प्रधानमन्त्री देउवाले के सन्दर्भमा बोल्नुभो आधिकारिक जानकारी छैन । तर, अहिले संविधान संशोधन हुँदैन, यो छिमेकीसँग समझदारी गर्ने कुरा पनि हैन ।’

 

अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनावसँगै प्रदेश र संसदको चुनाव पनि यही साल हुने भएकाले यो वर्ष चुनावमय साल भएको टिप्पणी समेत गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);