पुस्तकालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रचण्डको आश्वासन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पुस्तकालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रचण्डको आश्वासन

prachanda-1

काठमाडौं, २५ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने आश्वासन दिएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित पुस्तकालयको वार्षिक साधारण सभामा बोल्दै उनले भृकुटीमण्डलभित्रै पुस्तकालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन आफूले सरकारसँग कुरा गर्ने बताए ।

त्यस अवसरमा अध्यक्ष दाहालले पुस्तकालयलाई आधुनिक प्रविधियुक्त बनाउन पनि आफूले पूरै साथ दिने बताए । उनले जनतालाई सुसूचित गराउने पुस्तकालय निर्माणका लागि जग्गा उपलब्ध नहुनु बिडम्वनापूर्ण अवस्था भएको उल्लेख गरे ।

१५ वर्ष भित्र स्थापना गरिएको यो पुस्तकालयको आफ्नै भवन छैन । पुस्तकालयले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);