वीरगञ्ज महानगरमा रक्तसञ्चार केन्द्रको आधुनिक भवन निर्माण हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वीरगञ्ज महानगरमा रक्तसञ्चार केन्द्रको आधुनिक भवन निर्माण हुने

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित मालपोत चोकमा रक्तसञ्चार केन्द्रको आधुनिक भवन निर्माण हुने भएको छ ।

भवन निर्माण स्थलको महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले आज शिलान्यास गरेका छन् । भवन निर्माण स्थलको शिलान्यास गर्दै महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले रक्तसञ्चार केन्द्रलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन पाउँदा सबैभन्दा पुण्यको काम भएको महशुस गरेको बताएका छन् ।

उनले रगत मानवीय जीवनको लागि अतिआवश्यक तत्व भएको र मानवीयताको दृष्टिकोणबाट पनि सबैभन्दा पुण्यको काम भएकोले महानगरपालिकाकाको १ सय ६२ जना कार्यपालिका सदस्यहरुको बैठकबाट निर्णय गरेर जग्गा उपलब्ध गराएको बताए । उनले जग्गा उपलब्ध गराउन साथ दिनुहुने एक सय ६२ जना कार्यपालिका सदस्य तथा महानगरवासीलाई पनि धन्यवाद दिए ।

रक्तसञ्चार भवन निर्माणका लागि महानगरपालिकाले थप २५ लाख पनि छुट्याएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

रक्त सञ्चार केन्द्रले महानगरपालिकाले नै उपलब्ध गराएको जग्गामा पाँचतले अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणको लागत साढे चार करोड अनुमान गरिएको रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलले जानकारी दिए ।

उनका अनुसार भवन निर्माणका लागि आवश्यक आर्थिक स्रोत मध्य १० लाख सूर्य नेपालले दिएको, महानगरपालिकाले छुट्याएको २५ लाख बाहेक अन्य रकम भने जुटाउनुपर्ने छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रले पनि केही रकम सहयोग गर्ने आश्वासन दिएको बताउदै कडेँलले प्रदेश सरकार र अन्य दाताहरुबाट पनि आर्थिक सहयोग आउने अपेक्षा रहेको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको मापदण्ड अनुसार नै निर्माण गरिने भवनमा रक्तसञ्चार केन्द्रलाई आवश्यक सुविधाहरु सहित पार्किङको समेत व्यवस्था रहने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);