जुम्लाको नाम फेरिँदै : अब मेडिकल हब जुम्ला | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

जुम्लाको नाम फेरिँदै : अब मेडिकल हब जुम्ला

जुम्ला । जुम्ला नाम सुन्नासाथै धेरैको आँखाअघि दुर्गम, पिछडिएको क्षेत्र, अशिक्षा, खाद्यन्न अभाव, आधुनिक भौतिक पूर्वाधारविहीन क्षेत्रको दृश्य आउन थाल्छ । जुम्लाले कयौं वर्षदेखि यस्तै परिचय बोक्दै आएको पनि छ । तर, केही समययता जुम्ला शताब्दीऔँ देखिएको आफ्नो नाम बदल्ने दौडमा छ । केही समयपछि जुम्ला ‘मेडिकल हब जुम्ला’ बन्ने तयारीमा छ ।

कुनै समय स्वास्थ्यकर्मी अभावमा बाँचेको जुम्ला अहिले डाक्टरी (एमबीबीएस) पढाइ हुने जिल्ला बनेको छ । २६ मंसिरमा जुम्लामा एमबीबीएससहित मेडिकल शिक्षा कार्यक्रम सुरू भएपछि यहाँ भौतिक संरचना निर्माणले गति लिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट ६ किलोमिटर टाढा च्यारेचौरमा एमबीबीएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माणको तयारी गरेको उपकुलपति डा. मंगल रावलले बताए । उनले भने, ‘प्रतिष्ठानले एमबीबीएस सुरू गरेपछि यो स्थानलाई ‘मेडिकल हब’को रुपमा विकास गर्न २३ वटा भवन निर्माण योजना अगाडि बढाइएको छ ।’ उनले अब च्यारेलाई प्रतिष्ठानको दीर्घकालिन योजनामार्फत मेडिकल हबको रुपमा विस्तार गरिदै लगिने बताए । 

एमबीबीएससहितका शैक्षिक कार्यक्रमहरूको अध्ययन अध्यापन गराउन चन्दननाथ नगरपालिका–३ का स्थानीयले च्यरेचौरमा निःशुल्क जग्गा प्रदान गरेका छन् । च्यारेचौरमा एक भवन भने निमार्णाधीन अवस्थामा छ भने अरु भवन पनि रसुवा कम्पनीले बनाउन थालेको छ  ।

जुम्लाको डाँफे लेकनजिक च्यारेचौर जुम्ला भ्यालीको अग्लो स्थान हो । सो स्थान पर्यटकीय क्षेत्रको रुपमा समेत परितिच छ । मेडिकल शिक्षाको अध्ययन हुने भएकोले जुम्ला र च्यारे संसारकै रोलमोडेल मेडिकल हब हुने सम्भावना छ ।

हिमाली क्षेत्र जहाँ हिउँदभर हिउँले ढाक्ने भागमा अब सेता एप्रोन लगाएका डाक्टर उत्पादन हुने रजिष्ट्रार नृपेन्द्र महतले बताए । उनले च्यारे चौरमा रहेको पाँच सय रोपनी जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्थानीयले दिने सहमति भएको बताए ।  र भएको र तीन सय रोपनी प्रतिष्ठानको नाममा दर्ता समेत भइसकेको छ । सोही क्षेत्रमा शैक्षिक भवनहरू निर्माण हुनेगरी नेपाल सरकार समक्ष योजना पेश भएको छ । जुम्ला सदरमुकाममा रहेको तीन सय शैयाको अस्पताल क्षेत्रमा अहिले एमबीबीएस लगायतका कक्षा संचालन भइरहेका छन् । बर्षेनी बिरामी बढ्दै जाने र संरचना साघुँरो हँुदै गएकाले एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्न च्यारेमा ठूला भौतिक संरचना निर्माण गर्न लागेको हो । 

प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाका अनुसार च्यारेमा एउटा भवन निर्माण र जुम्ला बजार अस्पताल क्षेत्रनजिक तीन वटा भवन निर्माण गर्न रसुवा कम्पनीले जिम्मा पाएको छ । उनले भने, ‘पछिल्लो समय प्रतिष्ठानमा एमबीबीएस अध्ययन गर्न २० जना विद्यार्थी भर्ना भइसकेका छन् । जुम्लामा प्रतिष्ठान स्थापनापछि स्वास्थ्य क्षेत्रको मात्रै नभइ जुम्ला जिल्लाकै परिचय बदलिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);