जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

death body

जुम्ला। जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ। जुम्ला प्रहरीका अनुसार  बेहोस अवस्थामा भेटिएका उक्त युवकको उपचारको क्रममा मृत्यु भएको हो।

शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित जुम्ला विमान स्थलको पश्चिमतर्फको तार जाली भित्र कैलालीको टिकापुर नगरपालिका-७ शतिगाउँका अन्दाजी २८÷२९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएको प्रहरी निरीक्षक धर्मराज जोसीले बताए ।

उनका अनुसार  बेहोस अवस्थामा फेला परेका जैसीको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा गलिएको थियो। प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत घोषणा गरेका प्रहरीले जनाएको छ। उक्त स्थानमा थप अनुसन्धानको  प्रहरीको टोली खटिएको छ।

Leave a Reply