दामनमा अचेत भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दामनमा अचेत भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु

panaroma resort daman

हेटौंडा, ७ माघ । मकवानपुरको थाहा नगरपालिकास्थित सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय नागरिकको मृत्यु भएको छ ।

मंगलवार बिहान अचेत भेटिएका आठैजनाको उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको हो । बिहान अचेत अवस्थामा भेटिएपछि हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएपनि उनीहरुलाई अस्पतालले मृत घोषित गरेको थियो ।

दुईवटा कोठा लिएर रिसोर्टमा बसेका भारतीय पर्यटकहरु ६० वर्षका प्रविनकृष्ण नायर, ३५ वर्षका साक्ष शशि, ३४ वर्षका रञ्जितकुमार टिवी, ३४ वर्षीय इन्द्रलक्ष्मी तथा ९ वर्षकी श्री भद्र, ९ वर्षकै अविनव सोराया, ७ वर्षका अवि नायर र २ वर्षका वैष्णव रञ्जित मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए ।

सिमभञ्ज्याङमा अत्याधिक चिसो रहेको र कोठा तातो बनाउनका लागि ग्यास हिटर बालेका कारण निसासिएर उनीहरुको मृत्यु भएको आशंका प्रहरीले गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);