ट्रकको ठक्करबाट एकको मृत्यु, पुर्व पश्चिम राजमार्ग ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ट्रकको ठक्करबाट एकको मृत्यु, पुर्व पश्चिम राजमार्ग ठप्प

rajmarga abaruddha

कैलाली, ७ माघ । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भए पछि पुर्व पश्चिम राजमार्ग ठप्प भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–२ गणेशपुरमा सोमवार बेलुकी ट्रकले ठक्कर दिदा वडा नं.६ बाउनपुरका ३८ बर्षिया रतन बि.क को मृत्यु भए पछि राजमार्ग ठप्प गरेको हो ।

आफन्तहरुले चालकलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको माग राख्दै सोमबार बेलुका देखि टायर बालेर विरोध प्रदर्शन गर्दै राजमार्ग ठप्प पारेका छ्न् । राजमार्ग ठप्प भए पछि आफ्नो गन्तव्य तर्फ लागेका यात्रुहरु बिच बाटोमै अलपत्र परेका छ्न् । अहिले ईलाका प्रहरी कार्यालय लम्कीले दुबै पक्ष बिच सहमतिका लागि प्रयास भै रहेको जानकारी दिएको छ ।

सोमबार बेलुकी तिर पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना २ ख ४५८ नम्बरको ट्रकले सोही दिशा तर्फ गईरहेको सु.प ०३–००४प ९६११ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिँदा मोटरसाईकल चालक रतन बि.क को मृत्यु भएको थियो ।

ट्रक र चालक ईलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले जानकारी दिनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);