मोर्निङवाकमा निस्किएका आमाछोराको ट्रकको ठक्करबाट ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

मोर्निङवाकमा निस्किएका आमाछोराको ट्रकको ठक्करबाट ज्यान गयो

काठमाडौं । रुपन्देहीमा ट्रकको ठक्करबाट आमाछोरोको मृत्यु भएको छ । सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आज बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नम्बरको ट्रकले पैदल यात्रा गरिरहेका आमाछोरालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अन्दाजी ४० वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मोर्निङवाकमा निस्किएका अछामाछोरालाई बिहान करिब ५ बजेको समयमा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);