कपिलवस्तुमा बससँग विङ्गर ठोकिंदा ९ घाइते, चारको अवस्था गम्भीर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कपिलवस्तुमा बससँग विङ्गर ठोकिंदा ९ घाइते, चारको अवस्था गम्भीर

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ जितपुरमा बस र विङ्गर एकआपसमा ठोक्किएका छन् ।

रुकुमबाट काठमाडाैं जाँदै गरेको बा४ख२४४८ नम्बरको बस र लु १ ज ३००६ नम्बरको विङ्गर ठोकिँदा नाै जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए । 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । विङ्गर चालक बाणगंगा नगरपालिका-८ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक गम्भीर घाइते भएक छन् ।

बसमा सवार रुकुमका पवन घर्ती मगर र अर्जुन बुढा मगरकाे अवस्था पनि गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि बुटवल लगिएको छ । बाँकी घाइतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);