कैलालीमा विङ्गर र अटो ठोक्किदा ३ जनाको मृत्यु, ४ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कैलालीमा विङ्गर र अटो ठोक्किदा ३ जनाको मृत्यु, ४ घाइते

काठमाडौं । कैलालीमा शुक्रबार राति विङ्गर र अटो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–४ राजिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विइङ्गर र पूर्वबाट पश्चिमतर्फ गइरहेको गरेको से १ ह २५१० नम्बरको अटो राति करिब ११ बजे एकआपसमा ठोक्किएको हो । दुर्घटनामा परी अटोमा सवार ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका – ९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी छन् । उनीहरूको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटोमा सवार सातै जना घाइते भएका थिए । घाइतेको तत्काल उद्धार गरी उपचारका लागि धनगढी लगिएकोमा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते घोडाघोडी–९ कै २४ वर्षीय दिपेन्द्र चौधरी, अटो चालक २२ वर्षीय सुरेश चौधरी, २० वर्षीय असान्त चौधरी र ३० वर्षीय हरि चौधरी छन् ।

घाइते चारै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । ठक्कर दिने विङ्गरका सहचालक कञ्चनपुर बेदकोट नगरपालिका–१० का २५ वर्षीय धनु रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);